काठमाडौं – नेकपा एमालेको एघारौँ महाधिवेशनमा अध्यक्षका उम्मेदवार केपी शर्मा ओली आज साँझ ७ बजेपछि मात्र मतदानस्थल पुगेका छन्। सोमबार उम्मेदवारी दर्ता गराएपछि दिनभर महाधिवेशन स्थल नपुगेका ओली साँझ मात्रै उपस्थित भएका हुन्। मतदानस्थल पुगेपछि ओलीले अध्यक्षका अर्का उम्मेदवार ईश्वर पोखरेलसँग स्टेजमै गफगाफ गरेका छन्। उनीहरूसँगै नेता युवराज ज्ञवाली र विष्णु पौडेल पनि स्टेजमा देखिएका छन्। […]
हेटौँडा। मकवानपुरको बकैया गाउँपालिका ७‚ अँधेरीमा आज (मंगलबार) दिउँसो ट्याक्टर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। दुर्घटनामा १९ जना घाइते भएका छन्। लु.५त १४७ नम्बरको ट्याक्टर दुर्घटना हुँदा बकैया गाउँपालिका ७ अँधेरीका ५५ वर्षीय केशव माझी, ५५ वर्षीय युवराज माझी र ४५ वर्षीय शन्तलाल माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक […]
ग्लोबल टेक जाएन्ट जेडटीई कर्पोरेसनले नेपालमा आफ्ना २ नयाँ स्मार्टफोन मोडेलहरु जेडटीई नुबिया एयर र जेडटीई नुबिया भि८० डिजाइन सार्वजनिक गरेको छ। उच्च प्रदर्शन र आकर्षक डिजाइनका स्मार्टफोन सहज मूल्यमा उपलब्ध गराउने प्रतिबद्धतालाई निरन्तरता दिँदै यी दुवै मोडेल शुन्य प्रतिशत ब्याजदरको मासिक किस्ताबन्दीको सुविधासहित उपलब्ध गराइएको कम्पनीले जनाएको छ। यसले एड्भान्स्ड स्मार्टफोन प्रविधिलाई नेपाली उपभोक्ताका […]
काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा (देवराज) पक्राउ परेका छन् । लामालाई काठमाडौंको कपनबाट पक्राउ गरेर पाँचथर पठाइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जनाएकाे हाे। २०८१ साल भदौ १४ गते भएको बम विस्फोटमा एक बालिकाको मृत्यु र २ जना घाइते भएको घटनामा लामाविरुद्ध मुद्दा दायर […]