यी हुन् नेकपा प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकका निर्णय

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङसहित ७ जनालाई कारबाही गरेको छ। बैठकले ओलीलले राजीनामा नदिएकोमा निन्दा समेत गरेको छ। थप केके निर्णय भए, आउनुहोस् जानौं।

उक्त बैठकले स्थायी कमिटी सदस्य तथा संसदीय दलको उपनेता नेम्वाङलाई स्थायी कमिटी सदस्यबाट ६ महिनाको लागि निलम्बन समेत गरेको छ। पेरिसडाँडामा बसेको नेकपा प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकले पार्टीको विधान विपरीत अनुशासनको उल्लंघन गरेको भन्दै कारबाही गरेको हो ।


 बैठकले केन्द्रीय कमिटी सदस्य तथा प्रतिनिधि सभा सदस्य विशाल भट्टराईले जनतामा भ्रम सिर्जना गर्ने गरी गलत सूचना प्रवाह गरेको भन्दै केन्द्रीय सदस्यबाट निष्काशन गरेको छ ।


त्यस्तै पार्टी अनुशासनको उल्लंघन गरेको भन्दै केन्द्रीय कमिटी सदस्यहरु प्रभु साह, महेश बस्नेत, कर्णबहादुर थापा, शान्ता चौधरी र सूर्य थापालाई केन्द्रीय कमिटीको सदस्यबाट ६ महिनाको लागि निलम्बन गर्ने निर्णय गरेको छ ।


त्यसैगरी बैठकले सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटनको कदमलाई असंवैधानिक ठहर गरेकाले ओलीलले राजीनामा नदिएकोमा निन्दा समेत गरेको छ। 


स्थायी कमिटी सदस्य भीम रावलले न्यायमा ढिलाइ गर्नु भनेको न्याय नदिनु सरह हुने भएकाले निर्वाचन आयोगलाई चाँडै निर्णय गर्न बैठकले ध्यानाकर्षण गराएको बताए।


नेकपा दाहाल–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीबाट आफूलाई सुरक्षा खतरा भएको भनेर दिएको अभिव्यक्ति षड्यन्त्रपूर्ण र गैरजिम्मेवार रहेको निष्कर्ष निकालेको छ । 


सम्बन्धित सामग्री

४८ वर्षीय बुद्धकृष्ण आठौँ पटक जिब्रो छेड्दै

मध्यपुर थिमि नगरपालिका–८ बोडेका बुद्धकृष्णवांग श्रेष्ठले आठौंपल्ट जिब्रो छेडाउने भएका छन् । बोडे निवासी ४८ वर्षीय श्रेष्ठले यसअघि ०६२ देखि ०६५ सम्ममा ४ र ०७४ देखि ०७६ सम्मगरी सातौं पल्ट जिब्रो छेडाएर संस्कृति बचाएका छन् ।

भरिएको सिसिडोलले राहत पाउने आशा, बन्चरेडाँडामा जेठदेखि फोहोर विसर्जन गर्न सकिने

जेठ पहिलो सातादेखि बन्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन स्यानिटरी ल्यान्डफिलसाइटमा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्न सकिने बताइएको छ । हाल निर्माण भइरहेको दीर्घकालीन ल्यान्डफिलसाइट नुवाकोट र धादिङको सिमानामा पर्दछ ।

३३ अर्बमा तयार हुने भनिएको मध्यपहाडी लोकमार्गको लागत एक खर्ब नाघ्यो

२६ जिल्लाको दुई सय १५ बस्ती जोड्ने र एक करोड जनता प्रत्यक्ष लाभान्वित हुने राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्ग निर्माण थालिएको १३ वर्ष लागेको छ । । तीन वर्षअघि नै सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको आयोजनाको ३३ अर्ब लागत निर्धारण भएकोमा बढेर एक खर्ब एक अर्ब ५० करोड पुगीसकेको छ ।

नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द

कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै भारतको राजधानी नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द भएका छन् ।