काभ्रेपलाञ्चोक, २६ असोज । वर्षौदेखि मापदण्डविपरीत नदी तथा खानीजन्य प्राकृतिक स्रोतको दोहन गरिरहेका काभ्रेपलाञ्चोकका उद्योगलाई आगामी मङ्सिर ७ गतेसम्म मापदण्डमा आउन समयसीमा तोकिएको छ । त्यस्ता उद्योगविरुद्ध जिल्ला प्रशासन कार्यालयले कडा कानुनी कारबाहीको चेतावनी दिएको छ । जिल्लास्तरीय अनुगमन समितिले जिल्लाभित्र सञ्चालित ढुङ्गा, गिट्टी, बालुवा तथा खानीजन्य उद्योगलाई कानुनी दायरामा ल्याउन नौ बुँदे निर्णय गरेको […]
राँझा (बाँके), २६ असोज । नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको १५९ औँ संस्करण आइतबारदेखि सुरु भएको छ । रामलीला शुभारम्भ समारोहलाई सम्बोधन गर्दै नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले सामाजिक सद्भाव र आपसी एकता कायम गर्न रामलीला सहयोगी हुने बताए । उनले रामलीला नेपालगन्जको ऐतिहासिक पहिचान बनेको उल्लेख गर्दै यसको संरक्षण र प्रवर्द्धनमा […]
काठमाडौँ । संसदीय सुनुवाइ विशेष समितिले प्रस्तावित राजदुतहरूविरुद्ध परेका उजुरीहरूको सुनुवाइ प्रक्रिया अघि बढाउन खोज्दा उजुरीकर्ताहरूको अनुपस्थितिले चुनौती थपेको छ । विभिन्न १३ देशका लागि प्रस्तावित राजदुतहरूविरुद्ध परेका उजुरीको विषयमा छलफल गर्न बोलाइएको बैठकमा उजुरीकर्ताहरू सम्पर्कमा नआएपछि समितिले थप प्रक्रिया अगाडि बढाउने विषयमा छलफल गरेको हो । १३ वटा राष्ट्रका लागि प्रस्तावित राजदुतहरूविरुद्ध चार जना […]
काठमाडौँ– नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदमा आफूलाई मतदान गर्ने सम्पूर्ण महाधिवेशन प्रतिनिधिप्रति आभार व्यक्त गरेका छन्। निर्वाचनमा पराजित भएपछि पहिलो पटक प्रतिक्रिया दिँदै घिमिरेले आफूलाई प्राप्त १ हजार ५१३ मत आफ्नो राजनीतिक यात्राका लागि ठूलो प्रेरणा भएको बताएका छन्। उनले भनेका छन्– ‘यहाँहरूले प्रदान गर्नुभएको १ हजार ५१३ मत […]
काठमाडौँ, २६ असोज । बूढानीलकण्ठस्थित बालउद्धार माध्यमिक विद्यालयका प्राचार्य विनोद पण्डितमाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय निशान दाहाल र विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष ध्रुव घिमिरे छन् । उनीहरूलाई आइतबार नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता दानबहादुर थापाले जानकारी दिए । विद्यालयमा विद्यार्थी भर्नासम्बन्धी विवादका क्रममा प्राचार्य […]
कर्णाली, २६ असोज । कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले प्रदेशको बेरुजु घटाउन निर्देशन दिएका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आइतबार आयोजित आर्थिक वर्ष २०८२÷८३ को वार्षिक प्रगति समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले प्रदेश सरकारमातहतका निकाय तथा कार्यालयमा देखिएको बेरुजु घटाउन तथा थप बेरुजु बढ्न नदिन निर्देशन दिएका हुन् । उनले बजेटको प्रभावकारी कार्यान्वयन, वित्तीय […]