जिल्ला विकास समिति कास्कीका पूर्वसभापति पुण्यप्रसाद पौडेल संयोजकत्वको चार किल्ला निर्धारण, सीमांकन तथा नक्सांकन समितिले दिएको प्रतिवेदनलाई आधार मान्दै मन्त्रिपरिषद्ले तालको क्षेत्रफल निर्धारण गरेको हो । तर, सार्वजनिक गरिएको क्षेत्रफलको विषयलाई लिएर सरोकारवालाले असन्तुष्टि जनाएका छन् ।
यही ५ फागुनमा बसेको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले फेवाताल सीमांकन तथा नक्सांकन समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्दै फेवातालको क्षेत्रफल ५.७२६ वर्गकिलोमिटर (११,२५५ रोपनी ११ आना १ पैसा) कायम गर्ने निर्णय गरेको थियो । सो निर्णयले तालको वास्तविक क्षेत्रफल खुम्चिएको ताल अतिक्रमणविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका अधिवक्ता खगेन्द्र सुवेदीले बताए ।
दर्जन अध्ययन प्रतिवेदनमा फेवातालको क्षेत्रफल
१ : ब्रिटिस सर्भे अफ इन्डिया सन् १९२५/१९२६ : ३.४६ वर्ग किलोमिटर
२ : सर्भे अफ इन्डियाले सन् १९५७/१९५८ : ४.३९ वर्ग किलोमिटर
३ : नेपाल भारत सहयोग मिसनको रिर्पोट वि.सं. २०१८ : १०.३५ वर्ग किलोेमिटर
४ : पहिलो किल्ला नापी (कित्ता न २९७) वि.सं. २०३२ : ४.४३ वर्ग किलोमिटर
५ : नेपाल सरकार र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (undp) को अध्ययन प्रतिवेदन २०३८ : ५.८० वर्ग किलोमिटर
६ : आइयुसिएनको अध्ययन रिपोट वि.सं. २०५२ : ४.४९ वर्ग किलोमिटर
७ : जिल्ला विकास समिति कास्की वि.सं. २०५८ : ४.२५ वर्ग किलोमिटर
८ : पोखरा उपत्यका नगरविकास समितिले वि.सं. २०६४ : ५.०६ वर्ग किलोमिटर
९ : विश्वप्रकाश लामिछानेको प्रतिवेदन वि.सं. २०६९ : ६.५ वर्ग किलोमिटर
१० : भूमिसुधार मन्त्रालय वि.सं. : २०७२ : ५.०७ वर्ग मिलोमिटर
११ : पोखरा महानगरपालिकाले वि.सं. २०७७ : ५.०८ वर्ग किलोमिटर
१२ : फेवातालको सीमांकन प्रतिवदेन तयार पार्न गठित समिति २०७७ : ५.७२६ वर्ग किलोमिटर