स्पोर्ट्स जुत्ता, कालो पाइन्ट र छिर्केमिर्के कमिजमा देखिएका प्राध्यापक अभि सुवेदीले एक हातले चस्मा मिलाउँदै र अर्को हातले फुलेको कपाल पछाडि सार्दै भने, ‘मेरा विद्यार्थी बुढा भए, म मात्रै उस्तै छु ।’ हलमा हाँसो गुन्जन रोकिएन जब फेरि उनले भने, ‘विगत १० वर्षदेखि हरेक वर्ष ६५ औं वर्ष दिन मनाइरहेको छु ।’