पत्रकारमाथि हातपात गर्नेलाई कारबाही गर्न महासंघको माग

काठमाडौँ ।  समाचार संकलनका क्रममा हरेकन्युज डटकम अनलाइनमा कार्यरत पत्रकार कृष्ण कट्टेलमाथि हातपात गर्नेलाई कारबाही गर्न नेपाल पत्रकार महासंघले माग गरेको छ । शुक्रबार दिउँसो नयाँबानेश्वर चोकमा काठमाडौं महानगरपालिकाले अनधिकृत संरचना हटाउँदै गरेको समाचार संकलनका

सम्बन्धित सामग्री

सोलुका दुई पत्रकार माथी हातपात, दोषीलाई कारबाही गर्न पत्रकार महासंघको माग

सोलुखुम्बुमा रिर्पाेटिङमा खटिएका दुई पत्रकारमाथि भएको दुव्र्यवहारप्रति नेपाल पत्रकार महासंघ सोलुखुम्बुले आपत्ति जनाएको छ । मङ्सिर १४ गते सम्पन्न नेपाली काङ्ग्रेस सोलुखुम्बुको सभापतिको दोस्रो चरणको निर्वाचनको मतगणनाका क्रममा मध्यरातमा रिपोर्टिङ...

पूर्वमन्त्रीको निर्देशनमा पत्रकारमाथि हातपात गरिएको महासंघको आरोप

काठमाडौं । नेपाल पत्रकार महासंघले कञ्चननपुरमा पूर्वमन्त्री उर्वादत्त पन्तको निर्देशनमा पत्रकारमाथि हातपात भएको आरोप लगाएको छ । नेकपा प्रचण्ड–माधव समूहले आज आह्वान गरेको आमहड्तालका क्रममा समाचार संकलन गरिरहेका आर्थिक अभियान दैनिकका कञ्चनपुर सम्वाददाता तथा कञ्चनपुर दैनिकमा कार्यरत पत्रकार मदन गिरीमाथि आन्दोलनकारीबाट भएको दुर्व्यवहार र आक्रमण भएको भन्दै महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। । महासंघ कञ्चनपुर शाखाका अनुसार आमहड्तालका कारण समस्यामा परेका व्यक्तिहरूको समस्याबारे समाचार संकलन गरिरहेका बेला पूर्वमन्त्री उर्वादत्त पन्त र ईश्वरी खरेललगायत आन्दोलनकारी समूहबाट पत्रकार गिरीमाथि गालीगलौज गर्दै हातपात गरिएको थियो । ‘स्वतन्त्र रूपमा पेशागत जिम्मेवारी वहन गरिरहेका पत्रकारमाथि बन्द र हड्तालका नाममा गरिएको यो ज्यादती प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप हुनुका साथै आपत्तिजनक र खेदजनक कार्य हो’ महासंघले भनेको छ, ‘मन्त्रीजस्तो जिम्मेवार पदमा बसि काम गरिसकेका व्यक्तिसहितबाट भएको यस्तो घटनाले पत्रकारको सुरक्षा थप चुनौतीपूर्ण भएको महासंघको ठहर छ।’ महासंघले घटनामा संलग्नमाथि कारबाही गरी पत्रकार संवैधानिक अधिकारको सम्मान गर्न सम्बन्धित पक्षसँग माग गर्दै महासंघ पत्रकारलाई स्वतन्त्र र निर्भीक रुपमा काम गर्ने वातावरण निर्माण गरी सुरक्षाको प्रत्याभूति दिलाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।