घोराही उपमहानगरको बजेटप्रति असहमति जनाउँदै वडाध्यक्षले दिए राजीनामा

दाङ : घोराही उपमहानगरपालिका–८ का अध्यक्ष जितेन्द्र शाहले बजेटप्रति असन्तुष्टि जनाउँदै राजनीनामा दिएका छन्। आफूले उपमहानगरमा पठाएका २६ मध्ये एउटा पनि योजना नपरेको भन्दै उनले राजीनामा दिएका हुन्।एमालेबाट वडाध्यक्ष निर्वाचित उनले उपमहानगरको मेयरमा आफ्नै पार्टीको हुँदा पनि विकास बजेटमा वास्ता नगरेका कारण राजीनमा दिएको उनले बताए । उनले भने,‘ कांग्रेस वा माओवादीको मेयर भएको भएपनि प्रतिपक्षलाई त्यही अनुसार गरेर भन्ने हुन्थ्यो । तर, एमालेको मेयर हुँदा पनि २६ वटा योजनामा एउटा नपर्नु भनेक