आगामी प्रदेशसभा र संघीय सदस्यको निर्वाचनमा समावेशी सिद्धान्तका आधारमा समानुपातिक सहभागिता गराउनुपर्नेमा महिला नेतृहरूले बताउन थालेका छन् । ४ मंसिरमा हुने संघ र प्रदेश सदस्यको निर्वाचनमा उम्मेदवारी दिँदा महिलाको सहभागिताका बारेमा प्रशस्त प्रश्न उठ्न थालेका छन् । प्रत्यक्ष निर्वाचन प्रणालीमा महिला उम्मेदवारलाई बढी अवसर दिनुपर्ने र जित सुनिश्चितताका लागि पनि राजनीतिक दलहरूले आफ्नो भूमिका खेल्नुपर्नेमा […]