इलोन मस्क: एक महिनामै गुम्यो विश्वकै सर्वाधिक धनी व्यक्तिको उपाधी

विद्युतीय कार निर्माता टेस्लाका मालिक इलोन मस्कले विश्वकै सर्वाधिक धनी व्यक्तिको उपाधि गुमाएका छन्। उनको मुख्य आम्दानीको स्रोत विद्युतीय कार निर्माता कम्पनीको शेयरमा गिरावट आएपछि उनले उक्त उपाधि गुमाएका हुन्।

मस्क ज्यानुअरीमा अमेजनका संस्थापक जेफ बेजोसलाई उछिन्दै विश्वकै सबैभन्दा धनी व्यक्ति बनेका थिए। ज्यानुअरीको सुरुवातको तुलनामा टेस्लाको शेयरमा २० प्रतिशतले गिरावट आएको छ। यो साता उनीहरूले तीव्र गिरावटको सामना गर्नुपरेको हो। 


यसका लागि टेस्ला कम्पनीले बिट्क्वाइनमा गरेको जोखिमपूर्ण लगानीसँग रहेको ठानिएको छ। हालैका दिनहरूमा बिट्क्वाइनको मूल्य लगातार घटिरहेको छ।


टेस्लाले १ अर्ब ५० करोड डलर बराबरको बिट्क्वाइन किनेको र त्यसलाई भुक्तानीका रूपमा स्वीकार्ने योजना बनाएको बताएको थियो। त्यसपछि बिट्क्वाइनको मूल्यमा यो साता ५० प्रतिशतले कमी आएको छ।


मस्कको सम्पत्तिमा आएको गिरावटपछि अमाजनका मालिक जेफ बेजोस पुन: विश्वका सर्वाधिक धनी बनेका छन्।


सम्बन्धित सामग्री

४८ वर्षीय बुद्धकृष्ण आठौँ पटक जिब्रो छेड्दै

मध्यपुर थिमि नगरपालिका–८ बोडेका बुद्धकृष्णवांग श्रेष्ठले आठौंपल्ट जिब्रो छेडाउने भएका छन् । बोडे निवासी ४८ वर्षीय श्रेष्ठले यसअघि ०६२ देखि ०६५ सम्ममा ४ र ०७४ देखि ०७६ सम्मगरी सातौं पल्ट जिब्रो छेडाएर संस्कृति बचाएका छन् ।

भरिएको सिसिडोलले राहत पाउने आशा, बन्चरेडाँडामा जेठदेखि फोहोर विसर्जन गर्न सकिने

जेठ पहिलो सातादेखि बन्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन स्यानिटरी ल्यान्डफिलसाइटमा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्न सकिने बताइएको छ । हाल निर्माण भइरहेको दीर्घकालीन ल्यान्डफिलसाइट नुवाकोट र धादिङको सिमानामा पर्दछ ।

३३ अर्बमा तयार हुने भनिएको मध्यपहाडी लोकमार्गको लागत एक खर्ब नाघ्यो

२६ जिल्लाको दुई सय १५ बस्ती जोड्ने र एक करोड जनता प्रत्यक्ष लाभान्वित हुने राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्ग निर्माण थालिएको १३ वर्ष लागेको छ । । तीन वर्षअघि नै सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको आयोजनाको ३३ अर्ब लागत निर्धारण भएकोमा बढेर एक खर्ब एक अर्ब ५० करोड पुगीसकेको छ ।

नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द

कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै भारतको राजधानी नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द भएका छन् ।