साउदीका महिलाहरूले अब सेनाका विभिन्न पदमा भर्ती हुन पाउने

साउदी अरबको रक्षा मन्त्रालयले महिलाहरूले पनि देशको सेनामा भर्ती हुन पाउने अधिकारसम्बन्धी नयाँ घोषणा गरेको छ । महिलाहरू अब सेना, ल्यान्स कोर्पोरल्स, सर्जिएन्ट्स र स्टाफ सर्जिएन्ट्सका रुपमा कार्यरत हुन पाउनेछन् ।

अरेबियन पेनिसुलियाअवस्थित साउदी अरेबियाका महिलाहरूले साउदी अरेबियन आर्मी, रोयल साउदी एयर डिफेन्स, रोयल साउदी न्याभी, साउदी मिसाइल फोर्स, मेडिकल फोर्सलगायत सबैतर्फ आवेदन दिन सक्ने भएका छन् ।


वास्तवमा यो राजकुमार मोहोम्मद बिन सल्मानको ‘भिजन २०३०’ परियोजनाअन्तर्गतको कदम भएको बताइएको छ । जसमा उनले महिलाहरूलाई सबै क्षेत्रमा अघि बढाउन नियमहरू परिमार्जित गराउँदै लैजाने वचन दिएका थिए । 


यसका लागि महिलाहरूको उमेर २१ देखि ४० वर्षबीच हुन आवश्यक रहेको बताइएको छ । त्यस्तै उचाइ पनि १५५ सेन्टिमिटरभन्दा माथि हुनुपर्ने बताइएको छ ।

यसबाहेक निम्न कुराहरू हुनु आवश्यक छ,

सबै प्रक्रियामा पास भई सफा रेकर्ड हुनुपर्ने ।

शारीरिक रुपमा स्वस्थ हुनुपर्ने ।

सबैसँग स्वतन्त्र राष्ट्रिय परिचयपत्र पनि हुनुपर्ने ।

उच्च शिक्षा प्राप्त गरेको हुनुपर्ने ।

साउदीभन्दा बाहिरका पुरुषसँग विवाह गरेको हुनु हुँदैन ।


साउदी अरबमा महिलाहरूलाई धेरै काममा सीमित गरिएको छ- जस्तै रेस्टुरेन्ट, क्यासिअर, सपिङ मललगायतमा महिलाहरूलाई काम गर्न अनुमति छैन । यी काममा उनीहरू सम्बन्ध नभएका पुरुषहरूसँग सम्पर्कमा आउनुपर्ने हुनाले महिलालाई त्यस्ता काममा नराख्ने गरिएको हो ।


सम्बन्धित सामग्री

४८ वर्षीय बुद्धकृष्ण आठौँ पटक जिब्रो छेड्दै

मध्यपुर थिमि नगरपालिका–८ बोडेका बुद्धकृष्णवांग श्रेष्ठले आठौंपल्ट जिब्रो छेडाउने भएका छन् । बोडे निवासी ४८ वर्षीय श्रेष्ठले यसअघि ०६२ देखि ०६५ सम्ममा ४ र ०७४ देखि ०७६ सम्मगरी सातौं पल्ट जिब्रो छेडाएर संस्कृति बचाएका छन् ।

भरिएको सिसिडोलले राहत पाउने आशा, बन्चरेडाँडामा जेठदेखि फोहोर विसर्जन गर्न सकिने

जेठ पहिलो सातादेखि बन्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन स्यानिटरी ल्यान्डफिलसाइटमा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्न सकिने बताइएको छ । हाल निर्माण भइरहेको दीर्घकालीन ल्यान्डफिलसाइट नुवाकोट र धादिङको सिमानामा पर्दछ ।

३३ अर्बमा तयार हुने भनिएको मध्यपहाडी लोकमार्गको लागत एक खर्ब नाघ्यो

२६ जिल्लाको दुई सय १५ बस्ती जोड्ने र एक करोड जनता प्रत्यक्ष लाभान्वित हुने राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्ग निर्माण थालिएको १३ वर्ष लागेको छ । । तीन वर्षअघि नै सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको आयोजनाको ३३ अर्ब लागत निर्धारण भएकोमा बढेर एक खर्ब एक अर्ब ५० करोड पुगीसकेको छ ।

नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द

कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै भारतको राजधानी नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द भएका छन् ।