महिलामा बढी लाग्ने लुपस रोग के हो ? जानौं

लुपस यस्तो रोग हो, जुन महिलालाई पुरुषका तुलनामा नौ गुणा बढी हुने गर्छ । सिस्टेमिक लुपस इरिथेमाटोसस अर्थात् लुपस एउटा अटोइम्युन रोग हो । यसले शरीरका विभिन्न अंगजस्तै छाला, जोर्नी, मृगौला, मस्तिष्कलगायतलाई प्रभावित गर्छ ।

 प्रायःजसो महिनावारी शुरु हुने उमेर १४ वर्षदेखि महिनावारी सुक्ने ४४ वर्षसम्मका महिलामा हुन्छ । लुपस नेपालमा मात्रै नभई अमेरिकामा समेत १.५ मिलियनमा देखिएको छ । 


शरीरमा रोगसँग लड्ने क्षमता ((एन्टिबडिज) ले शरीरको प्रतिरक्षा गर्नु पर्नेमा उल्टै घातक बन्ने अवस्था लुपस रोग हो । किशोरीहरूमा महिनावारी सुरु हुने बेला यदि इन्सटरोजन हर्मोन बढी मात्रामा उत्पादन भए पनि लुपस हुनसक्छ । तर अझै यसको कुनै ठोस प्रमाण भने फेला परेको छैन ।


लुपस विभिन्न प्रकारका छन् 

1) स्यस्टेमेटिक लुपस

2) एरिओमाटिसस लुपस

3) कुटानियस लुपस

4) डिले लुपस

5) निओनेटल लुपस


यसका लक्षणहरू :

गालाको दुबैतर्फ पुतली आकारको दाग देखिनु ।

छाला फुस्रो, सुख्खा हुनु ।

चिलाउनु, दाग, चाया पोते देखिनु ।

मुखमा घाउ खटिरा आउनु ।

जिउ, खुट्टा दुख्नु ।

जोर्नीहरू दुख्नु, हात खुट्टा सुन्निनु । 

फोक्सो, छाती दुख्नु ।

टाउको भारी हुनु, दुख्नु ।

मिर्गाैलामा संक्रमण हुनु ।

विफल हुनु, चाडै थाक्नु, मुटुमा समस्या देखिनु ।

स्मरण शक्ति कम हुने । 

रक्ताअल्पत्ता, रगत जम्ने, निमोनिया, हृदयघातको जोखिम । 

दिमागमा असर पर्ने, थाइरोइड समस्या, आँखा सुख्खा हुने, कमजोर हुने, दुब्लाउदै जाने । 

घामको एलर्जी हुने, रिङटा लाग्ने, पिसाब गाढा हुने ।


लुपस लाग्ने कारण

१) धुलोधुँवा, एलर्जी, चिन्ता, किटनासक औषधिको सम्पर्क, विषादी, दुषित बातावरण तथा महिलामा हर्मोनको गडबडी ।

२) पारिवारिक इतिहासले पनि लुपस हुनसक्छ । एक अनुसन्धानले ५० प्रतिशत लुपस वंशानुगत कारण हुने जनाएको छ ।

३) शरीरमा हर्मोन असमामान्य थपघटका कारण पनि लुपस हुनसक्छ । जस्तै: इसटोजेन हर्मोन कम बढी भएमा ।

४) खानामा आत्यधिक नुन, चिल्लो पदार्थको प्रयोगले पनि लुपस हुन सक्छ । आदी।


लुपसबाट बच्ने उपयोगी आहार 

खान नहुने 

१). रातो मासु, खसी राङाको, मासु, मैदाबाट बनेका खानेकुरा, चाउचाउ, मम, पिज्जा, पाकेटको खानेकुरा, आइस्क्रिम, धेरै पटक प्रयोग गरेकोे तेलको आदि । 

२).धेरै समयसम्म फ्रिजमा राखेको खाने कुरा ।

३).विषादी प्रयोग गरेकोे खानेकुरा, बासी खाना आदिको प्रयोग ।

खान हुने खानेकुरा

१).कुखुराको छाला निकालेको मासु, माछा, टुना, सालमोन माछा, सामुन्द्रिक माछा । 

२).क्याल्सियमयुक्त खानेकुरा । 

३).चिज, तोफु, गेडागुडी, सोयाबिन, पालुङ्गो, कर्कलो, फर्सीको मुन्टा, ब्रोकाउली, गाढा रङको तरकारी, साग आदि । 

४).भिटामिन डी तथा क्याल्सियमयुक्त भोजन ।

५).खानेकुरा पकाइसकेपछि मात्रै नूनको प्रयोग गर्ने । कम पोटासियम भएको तरकारी, फलफूल खाने।

६).दुध, मोही, दही, सोयाबिन, तोफु, सोयामिल्क, विभिन्न प्रकारका अन्न, अण्डा आदिको सेवन चाहिने मात्रामा गर्ने । 

७).फलफूलमा भिटामिन सीयूक्त सुन्तला, मौसम, सुन्तलाको जुस, भुईकटहर, आदि खाने ।


सम्बन्धित सामग्री

४८ वर्षीय बुद्धकृष्ण आठौँ पटक जिब्रो छेड्दै

मध्यपुर थिमि नगरपालिका–८ बोडेका बुद्धकृष्णवांग श्रेष्ठले आठौंपल्ट जिब्रो छेडाउने भएका छन् । बोडे निवासी ४८ वर्षीय श्रेष्ठले यसअघि ०६२ देखि ०६५ सम्ममा ४ र ०७४ देखि ०७६ सम्मगरी सातौं पल्ट जिब्रो छेडाएर संस्कृति बचाएका छन् ।

भरिएको सिसिडोलले राहत पाउने आशा, बन्चरेडाँडामा जेठदेखि फोहोर विसर्जन गर्न सकिने

जेठ पहिलो सातादेखि बन्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन स्यानिटरी ल्यान्डफिलसाइटमा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्न सकिने बताइएको छ । हाल निर्माण भइरहेको दीर्घकालीन ल्यान्डफिलसाइट नुवाकोट र धादिङको सिमानामा पर्दछ ।

३३ अर्बमा तयार हुने भनिएको मध्यपहाडी लोकमार्गको लागत एक खर्ब नाघ्यो

२६ जिल्लाको दुई सय १५ बस्ती जोड्ने र एक करोड जनता प्रत्यक्ष लाभान्वित हुने राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्ग निर्माण थालिएको १३ वर्ष लागेको छ । । तीन वर्षअघि नै सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको आयोजनाको ३३ अर्ब लागत निर्धारण भएकोमा बढेर एक खर्ब एक अर्ब ५० करोड पुगीसकेको छ ।

नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द

कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै भारतको राजधानी नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द भएका छन् ।