एक आइरिस महिला अचानक भीड छिचोल्दै आउँछिन् र बीसौं शताब्दीका क्रुर तानाशाह बेनितो मुसोलीनीमाथि गोली चलाउँछिन्।- ..एक..दुई..तीन..!.. ड्याङ्ग.. ड्याङ्ग... ड्याङ्ग!
मुसोलिनीको इहलिला खारेजीको संघारमा पुगेर फर्किएको थियो। मुसोलिनी जसोतसो बच्न पुग्छन् तर एक गोली उनको नाकलाइ छोएर निक्लिन्छ।
इतिहासमा चार व्यक्तिहरू (तितो जानिबोनी, वायँलेट गिब्सन, गिनो लुसेत्ती र एन्तिओ जाम्बेनी) ले मुसोलिनीको हत्याको प्रयास गरेका थिए, तीमध्ये वायँलेट आफ्नो उद्देश्यको सबैभन्दा नजिक पुगेकी थिइन्।
मुसोलिनी सत्तासिन भएको तीन वर्षपश्चात वायँलेटले उनलाई मार्ने कोसिस गरेकी थिइन्। त्यतिबेला मुसोलिनी एक सभालाई सम्बोधन गर्दै थिए। वायँलेटले उनीमाथि एक पछि अर्को गर्दै लगातार तीन वटा गोली चलाइन्।
यसपश्चात उनको बन्दूक जक्डीयो, थप गोली चल्न सकेन। त्यहाँ मौजुद मुसोलिनीका समर्थकहरूले वायँलेटलाई प्रकाउ गरे र उनलाई क्रुरतापूर्वक हिर्काउन थाले। मरणासान्न अवस्थामा पुलिसको दखलका कारण उनलाई गिरफ्तार गरियो। अन्नत : वायँलेट बाँच्न पुगिन्।
वायालेट गिबसन, एक एङ्गलो-आयरिस बैरन एशबोर्न एडवर्ड गिबसनको छोरी थिइन्। उनी आयरल्याण्डको लर्ड चान्सलर थिए। बैरन एशबोर्नको उपाधी धारण गर्ने उनी पहिलो चान्सलर थिए। लर्ड चान्सलरको कार्यलय नै त्यतिबेला देश (आयरल्याण्ड) को सबैभन्दा सर्वोच्च कानूनी कार्यलय हुने गर्दथ्यो।
सन् २०१४ मा गिबसनको कहानी आरटीईका एक रेडियो डक्युमेन्ट्रीको माध्यमबाट संसारसामू खुलेर आयो। उक्त डक्युमेन्ट्रीलाई सिओबन लाइनमले तयार गरेको थियो तथा उनका पति बैरी डोडाँलले यहि कहानीमा आधारित रहेर एक फिल्म पनि निर्देशन गरेका छन्। उक्त फिल्म हाल कयौँ अन्तराष्ट्रिय फिल्म महोत्सवहरूमा प्रदर्शन भइरहेको छ। फिल्मको नाम छ- 'वॉयलेट गिबसन: द आयरिस वूमन हू शूट मुसोलिनी!'
सन् १९४५ मा इटलीमा विरोधीहरुले बेनिटो मुसोलिनी र उनकी प्रेमिका क्लारा पेटाक्कीमाथि गोली प्रहार गरेका थिए। यो जोडी स्वीजरल्यान्ड भाग्न खोज्दै गर्दा विपक्षी दलका कार्यकर्ताले पक्राउ गरेका थिए।