प्रतिनिधिसभा सदस्यहरुले मलको अभावका कारण किसानहरू समस्यामा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । छलफलमा विशेष समय लिएर सांसद हृदयेश त्रिपाठीले मुलुकमा रासायनिक मल हाहाकार हुँदा पनि सरकारले ध्यान दिन नसकेको आरोप लगाए । उनले यस्तै अवस्था रहेमा यसपाली धानको उत्पादनसमेत घट्ने बताए । सांसद त्रिपाठीले प्रहरीका घुमुवाले विचौलिकाको काम गरिरहेको पनि जिकिर गरे ।सांसद कृष्णबहादुर राईले काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराए । अर्का सांसद गणेशसिंह ठगुन्नाले दार्चुलामा