‘कू एप’ : ट्वीटरको देसी भर्जन, भारतमा किन चर्चा बटुलीरहेको छ ?

ट्विटर र भारत सरकारबीचको गतिरोध चलिरहेकै बखत ट्वीटरमा ह्यासट्याग कूएप ‘#kooapp’ ट्रेन्ड गरिरहेको छ। कू एप अहिले चार वटा भारतीय भाषाहरूमा उपलब्ध छ-हिन्दी, तमिल, तेलुगू तथा कन्नड। प्लेस्टोरमा कू एपलाई दश लाख भन्दा बढी पटक डाउनलोड गरिसकिएको छ।

मंगलबारको ट्वीटरमा मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहान, रेलमन्त्री पीयूष गोयलसहित कयौं मन्त्रीहरूले आफूले ‘कु’को एकाउन्ट बनाएको बताए। बताएनन् मात्रै, उनीहरूले आममानिसलाई यसप्रकार (कू एप)को भारतीय माइक्रो ब्लगिङ साइतसँग जोडिनलाई अपिल समेत गरे। 


कू एप ट्विटर जस्तै एक माइक्रो ब्लगिङ साइट हो। ट्विटरको नीलो चरा चिन्ह भएको एप छ भने कू को पहेँलो चरा छ। यस एपलाई मार्च २०२० मा लन्च गरिएको थियो। यसलाई बेंगलुरूको बाम्बीनेट टेक्नोलोजी प्रा.ली.ले निर्माण गरेको हो। यस एपलाई भारतकै अपरामेया राधाकृष्णण एवं मयन्क बिदवक्ताले डिजाइन गरेका हुन्। यसलाई ट्वीटरको देसी भर्जन भनिएको देखिन्छ।


भारतीय सरकारले झुटा समाचार फैलाएको भन्दै कतिपय ट्विटर खाता बन्द गराइदिन सो कम्पनीलाई भनेको थियो। उसले अमेरिकाको क्यापिटल भवनमा हमलाका बेला झुटा समाचार फैलाएकाहरूको खाता बन्द गराएको तर दिल्लीको लालकिलामा ज्यानुअरी २६ मा त्यस्तै घटना हुँदा उक्साउनेहरूको विरुद्धचाहिँ केही नगरेर 'दोहोरो मापदण्ड' प्रदर्शन गरेको आरोप भारत सरकारले लगाएको छ।


सम्बन्धित सामग्री

४८ वर्षीय बुद्धकृष्ण आठौँ पटक जिब्रो छेड्दै

मध्यपुर थिमि नगरपालिका–८ बोडेका बुद्धकृष्णवांग श्रेष्ठले आठौंपल्ट जिब्रो छेडाउने भएका छन् । बोडे निवासी ४८ वर्षीय श्रेष्ठले यसअघि ०६२ देखि ०६५ सम्ममा ४ र ०७४ देखि ०७६ सम्मगरी सातौं पल्ट जिब्रो छेडाएर संस्कृति बचाएका छन् ।

भरिएको सिसिडोलले राहत पाउने आशा, बन्चरेडाँडामा जेठदेखि फोहोर विसर्जन गर्न सकिने

जेठ पहिलो सातादेखि बन्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन स्यानिटरी ल्यान्डफिलसाइटमा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्न सकिने बताइएको छ । हाल निर्माण भइरहेको दीर्घकालीन ल्यान्डफिलसाइट नुवाकोट र धादिङको सिमानामा पर्दछ ।

३३ अर्बमा तयार हुने भनिएको मध्यपहाडी लोकमार्गको लागत एक खर्ब नाघ्यो

२६ जिल्लाको दुई सय १५ बस्ती जोड्ने र एक करोड जनता प्रत्यक्ष लाभान्वित हुने राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्ग निर्माण थालिएको १३ वर्ष लागेको छ । । तीन वर्षअघि नै सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको आयोजनाको ३३ अर्ब लागत निर्धारण भएकोमा बढेर एक खर्ब एक अर्ब ५० करोड पुगीसकेको छ ।

नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द

कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै भारतको राजधानी नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द भएका छन् ।