काठमाडौं जिल्लामा असोज १ गतेदेखि विद्यालयहरु खुला हुने भएका छन् । सोमबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीसहित स्थानीय तहका शिक्षा समिति अधिकृत, जिल्ला शिक्षा एकाइ प्रमुख र अभिभावक संघका प्रतिनिधिहरूको बैठकले यस्तो निर्णय गरेको हो ।