औद्योगीकरणको नयाँ सम्भावना

औद्योगीकरणले मुलुकभित्रै रोजगारी सिर्जना गर्ने हुनाले हरेक सरकारको प्राथमिकतामा औद्योगीकरण पर्ने गरेको छ । तर, हरेक सरकारले आफ्नो कार्यकालमा कतिवटा उद्योग स्थापना गर्न सघाए र कति रोजगारी मुलुकभित्र सिर्जना गरे भन्ने मापदण्डका आधारमा सरकारको सफलता वा असफलता मूल्यांकन गर्ने थिति नबसेसम्म सरकारहरू भाषणमा औद्योगीकरण गर्छन्, अनि व्यवहारमा भने उद्योगधन्दालाई कति शोषण गर्ने तथा उद्योगीबाट कति […]