सत्ता गठबन्धनको बैठकले काठमाडौं उपत्यकामा जम्मा भएको फोहोर उठाउन र मूल्यवृद्धि नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता गठबन्धनका नेताहरूको बैठकले फोहोर उठाउन र महँगी नियन्त्रण गर्न ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।