जेठ ८ यताका सबै नियुक्ति खारेज गर्न देउवा र प्रचण्ड सहमत

पूर्ववर्ती सरकारले गत जेठ ८ यता गरेका सबै नियुक्ति वर्तमान सरकारले खारेज गर्ने भएको छ ।  प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज भएको भेटमा यस विषयमा सहमति जुटेको हो ।  तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ ८ गते संघीय संसदको प्रतिनिधि सभा दोस्रो पटक विघटन सिफारिस गरेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई निर्वाचनको मिति घोषणा गर्न लगाएका थिए । ओलीले गरेको संसद् विघटनको सिफारिस सर्वोच्च अदालतले बदर गरेर नयाँ सरकार बनिसकेको अवस्थामा संस...