चुनाव घोषणा नहुँदै उम्मेदवारीको होड : पुकार बमदेखि रञ्जु दर्शना र मानुषी यमीसम्म काठमाडौंमा लड्ने

प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव आगामी मंसिर वा फागुन कुन महिनामा गर्ने भन्ने टुङ्गो लागिसकेको छैन । चुनावको मिति तय नहुँदै काठमाडौंमा भने उम्मेदवारी घोषणा गर्ने क्रम सुरु भएको छ । खासगरी साना दल तथा स्वतन्त्र व्यक्तिहरुले उम्मेदवारीको घोषणा गर्न थालेका छन् ।उम्मेदवारी घोषणा गर्ने कतिपयले सामाजिक सञ्जालबाट डिजिटल पोष्टर बनाएर चुनावी अभियान नै अगाडि बढाउन थालेका छन् । स्थापित दलका तर्फबाट कुनै तयारी नभइरहेका बेला साना दल तथा स्वतन्त्र रुपमा उम्मेदवारी दिनेहरुले चुनावी माहोल बनाउने काम सुरु गरिस