विसं २०७२ को भूकम्पले क्षतिग्रस्त बनाएको गोरखा दरबार र सँगै रहेको गोरखकाली मन्दिर पुुनःनिर्माणपछि पूर्ववत् स्वरुपमा फर्किएको छ । पुुनःनिर्माणकै क्रममा पनि पर्यटक तथा दर्शनार्थीको आगमन नरोकिएको दरबार क्षेत्रमा अहिले भने दैनिक आउने पर्यटकको सङ्ख्या बाक्लै देखिन्छ । भूकम्पका कारण क्षतिग्रस्त दरबार, मन्दिरलगायत परिसरका अन्य संरचना सबैको पुनःनिर्माण लगभग सकिएको मन्दिरका मूल पुरोहित एवं सूचना …
१७ मंसिर, गोरखा । गोरखाको इतिहासको अध्ययन गर्ने थलोका रूपमा चिनिदै आएको गोरखा दरबार सङ्ग्रहालय पछिल्लो समय शैक्षिक भ्रमणको प्रमुख गन्तव्यको बन्न थालेको छ । शैक्षिक भ्रमणको याम सुरु भएसँगै सङ्ग्रहालयमा गोरखाको इतिहास अध्ययन गर्न आउने विद्यार्थीको अत्यधिक चाप बढ्नुले गोरखा सङ्ग्रहालय शैक्षिक भ्रमणको प्रमुख गन्तव्यका रूपमा विकास हुँदै गएको पाइएको हो । विभिन्न जिल्लाबाट […]
गाेरखा – ऐतिहासिक गोरखा दरबार क्षेत्रको राष्ट्रिय वनमा सोमवार बेलुकीदेखि लागेको डढेलो अझै निभेकाे छैन । राष्ट्रिय वनअन्तर्गत गोरखा नगरपालिका वडा नम्बर ४ र वडा नम्बर ६ क्षेत्रमा सोमवार बेलुकी ६ बजेदेखि डढेलो लाग्न सुरु भएको थियो ।
सोमवार बेलुकी नै नेपाली सेनाको रिपूमर्दन गण, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा स्थानीयको सहयोगमा आगो निभाउने प्रयास गरेपनि असजिलो भौगोलिक बनाेटका कारण पूर्णरूपमा निभाउन नसकेकाे गोरखा नगरपालिकाका वातावरण अधिकृत ध्रुव घिमिरेले बताउनुभयो । आज मङ्गलवार दिउँसो ...
गोरखा - प्रसिद्ध ऐतिहासिक स्थल लिगलिगकोटदेखि गोरखा दरबारसम्मको म्याराथनमा नेपाली सेनाको भवानी दल गणका तीर्थबहादुर तामाङ प्रथम भएका छन् ।
आज भएको लिगलिगकोट–सिरानचोक–गोरखा दरबार खुल्ला म्याराथन दौड प्रतियोगितामा निर्धारित ४० किलोमिटरको दूरी ३ घन्टा ११ मिनेट १ सेकेण्डमा पूरा गर्दै तामाङ पहिलो भएका हुन्। उनले नगद १ लाख ५० हजार रुपैयाँ साथमा मेडल र प्रमाणपत्र प्राप्त गरे ।
यस्तै भारतीय सेना अनिश थापा मगर द्वितीय भए । निर्धारित दूरी ३ घन्टा १२ मिनेट १७ सेकेण्डमा पार गर्दै उनले नगद १ ल...
काठमाडौं : नेपाली सेनाको संयोजकत्वमा गोरखा नगरपालिका, पालुङटार नगरपालिका तथा सिरानचोक नगरपालिकाको संयुक्त आयोजनामा राष्ट्रव्यापी ‘लिगलिगकोट-सिरानचोक-गोरखा दरवार म्याराथन दौड प्रतियोगिता-२०७९ हुने भएको छ। त्यसका लागि सेनाले दरखास्त माग गरेको छ। भाद्र २५ गते विहान ६ बजे सुरु हुने म्याराथन लिगलिगकोट-आँपपिपल- भञ्ज्याङ-चित्रेपोखरी-छोप्राक-चोरकोटे-छेवेटार-पस्लाङ- ठूलो आँगन हुँदै गोरखा दरबार पुग्ने छ। ४० किलोमिटरको म्याराथनका लागि क्यूआर कोड मार्फत् अनलाइन रजिष्ट्रेसन गर्न सकि
गाेरखा – गोखराको प्रसिद्ध ऐतिहासिक स्थल लिगलिगकोटबाट गोरखा दरबारसम्म म्याराथन दौड हुने भएको छ । ‘नेपालको उत्पत्तिदेखि जगसम्म’ भन्ने नाराका साथ भदौ २५ गते लिगलिगकोट–सिरानचोक– गोरखा दरबार खुला म्याराथन दौड हुने भएको हो ।
गोरखा नगरपालिका, पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका र नेपाली सेनाको रिपुमर्दन गणको संयुक्त आयोजनामा प्रतियोगिता हुने भएको हो लिगलिगकोटबाट सुरु हुने दौड चित्रेपोखरी, छोप्राक, चोरकाटे, छेपेटार,पस्लाङ चौतारो हुँदै ४० किलोमिटर पूरा गरी गोरखा दरबारको...
१६ साउन, गोरखा । गोरखा दरवार पुनर्निर्माणको बाँकी कामको लागत अनुमान तयार गर्न पुरातत्व विभागको टोली गोरखा आएको छ । पूरातत्व अधिकृत मञ्जु सिं भण्डारी नेतृत्वको प्राविधिक टोली शुक्रबार गोरखा दरबार पुगेर लगत संकलन शुरु गरेको गोरखा दरवार हेरचाह अड्डाले जनाएको छ । ‘दरवार भित्र फिनिसिङको काम कति बाँकी छ हे¥यौं, पाटेसन कसरी गर्ने भनेर […]
१२ साउन, गोरखा । गोरखा दरबार पुनर्निर्माणको जिम्मा पाएको निर्माण कम्पनीसँग पुरातत्व विभागले ठेक्का सम्झौता तोडेको छ । तीन पटकसम्म म्याद थप गर्दा पनि काम सम्पन्न गर्न नसकेपछि सम्झौता तोडिएको विभागले जनाएको छ । ‘दरबारको बाह्य संरचनाको काम लगभग सकिए पनि भित्री काम अझै बाँकी छ,’ विभागकी पुरातत्व अधिकृत मञ्जु सिंह भण्डारीले भनिन्, ‘बीओपी अनुसार […]
गोरखा : ०७२ वैशाख १२, को विनाशकारी भूकम्पमा ऐतिहासिक गोरखा दरबार बारपाकसँगै ढल्यो। दरबारमा पूर्णक्षति पुगेको आजबाट ६ वर्ष पूरा भयो। भूकम्प गएको दुई वर्षसम्म त यसलाई ठड्याउने कुनै प्रक्रिया नै सुरु भएन।अन्तत: ०७४ कार्तिकमा २०७६ मङ्सिर मसान्तसम्ममा दरबारको पुनर्निर्माण सिध्याउने भन्दै कुल ४ करोड ३५ लाख रुपैयाँमा पचली सिवाको जेभी कन्सट्रक्सन कम्पनीसँग पुरातात्विक विभागले २०७४ साल कार्तिकमा ठेक्का सम्झौता गर्यो। दुई वर्षभित्रै पुनर्निर्माणको सम्पन्न गर्छु भन्दै ठेक्का सम्झौता गरेको ठेकेदार