प्रभु महालक्ष्मी लाइफद्वारा बाढी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा ५१ लाख सहयोग

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रदान गरेको हो। मंगलबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा कम्पनीकी सञ्चालक समिति अध्यक्ष सम्झना अर्याल, सञ्चालक समिति सदस्य वीरेन्द्र […]