अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र र पर्यटक आगमन प्रभावित भएको भन्दै सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले हवाई भाडा घटाउन आवश्यक पहल गर्न सरकारसँग माग गरेको छ। सोट्टो नेपालले आइतबार पर्यटन पत्रकारहरूसँग आयोजना गरेको अन्तर्क्रियामा संस्थाका अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक हुँदा नेपाललाई प्रतिस्पर्धी पर्यटकीय गन्तव्यका रूपमा प्रवर्द्धन […]