काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको पुँजी बजार समिति सभापति प्रियराज रेग्मीले पुँजी बजारमा देखिएका समस्या समाधान तथा नीतिगत सुधारको प्रभावकारी कार्यान्वयनका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा रणनीतिक साझेदार भित्र्याएर निजीकरण गर्नुपर्ने बताएका छन् । बुधवार अर्थ समितिमा भएको पुँजीबजारसम्बन्धि छलफलमा उनले नेप्सेमा रणनीतिक साझेदार भित्र्याउनु पुँजी बजार सुधारको पूर्वशर्तजस्तै रहेको बताएका हुन् । […]