२८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफूलाई पाँचपटक प्रधानमन्त्री बनाएको पार्टीका लागि ज्यान दिनसमेत तयार रहेको बताएका छन्। देउवा समूहको ललितपुर जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले कांग्रेसप्रति आफ्नो प्रतिबद्धता व्यक्त गरेका हुन्। ‘पाँचपटक प्रधानमन्त्री भइसकेँ, मलाई अब केही हुनु छैन। जुन पार्टीले मलाई पाँचपटक प्रधानमन्त्री बनायो, त्यो पार्टीका लागि ज्यान […]