१० लाखको सेयर कारोबारमा प्रतिवेदन अनिवार्य, वैध लगानीमा डराउनुपर्ने व्यवस्था होइन

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले १० लाख रुपैयाँ वा सोभन्दा बढीको सेयर कारोबार हुँदैमा त्यसलाई स्वतः अवैध वा शङ्कास्पद मान्न नहुने बताएका छन्। निश्चित सीमा पुगेको कारोबारको प्रतिवेदन बुझाउनुपर्ने व्यवस्थालाई लगानीमाथिको प्रतिबन्धका रूपमा नबुझ्न उनले आग्रह गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा टिप्पणी गर्दै ज्ञवालीले वैध स्रोतबाट आर्जित रकम लगानी गर्दा अनावश्यक रूपमा डराउनुपर्ने […]