काठमाडौं उपत्यकामा अब राति पनि ३० बस, नौ स्थानीय तहले थाले सहकार्य

काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात विस्तार गर्दै ६ वटा रुटमा ३० वटा बस सञ्चालन सुरु गरिएको छ। काठमाडौं महानगरपालिकाको नेतृत्वमा उपत्यकाका नौ स्थानीय तहले साझा यातायातसँग सहकार्य गरी रात्रिकालीन सेवालाई निरन्तर र दिगो बनाउने समझदारी गरेका हुन्। काठमाडौं र ललितपुर महानगरपालिकासहित बुढानीलकण्ठ, गोदावरी, चन्द्रागिरि, कीर्तिपुर, भक्तपुर, सूर्यविनायक र मध्यपुर थिमी नगरपालिकाले साझा यातायातसँग समझदारी गरेका […]