काठमाडौँ । श्रावण शुक्ल पूर्णिमा अर्थात् जनैपूर्णिमा (क्वाँटी पुन्ही) को पावन अवसरमा ऐतिहासिक नगरी पाटनस्थित पाँचतले श्री कुम्भेश्वर महादेव मन्दिर परिसरमा हजारौँ भक्तजनको सहभागितामा भव्य मेला तथा जात्रा सम्पन्न भएको छ । बिहानको व्रह्ममुहूर्तदेखि नै मन्दिर प्रांगण, कोन्ती पोखरी र आसपासका पाटी-पौवाहरूमा दर्शनार्थी तथा साधकहरूको ठुलो घुइँचो लागेको थियो । रसुवाको ४,३८० मिटर उचाइमा रहेको […]