काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना प्रतिनिधि सभा सदस्यका स्वकीय सचिव नियुक्ति प्रक्रियालाई व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउन सात बुँदे आन्तरिक निर्देशिका जारी गरेको छ। निर्देशिकाले खुला प्रतिस्पर्धामार्फत योग्य व्यक्तिको छनोट गर्नुपर्ने व्यवस्था गर्दै परिवारवाद र नातावादमा पूर्ण प्रतिबन्ध लगाएको छ। पार्टीका महासचिव विपिनकुमार आचार्यद्वारा जारी निर्देशिकामा राज्यबाट उपलब्ध हुने सुविधा जनउत्तरदायी र मितव्ययी […]