निर्वाचन सुरक्षार्थ विभिन्न जिल्ला जाँदै नेपाल प्रहरी (तस्बिरहरू)

काठमाडौं– फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनको सुरक्षाका लागि नेपाल प्रहरी विभिन्न जिल्ला जाने काम सुरु भएको छ । आज महाराजगन्जस्थित १ नम्बर गणबाट निर्वाचन सुरक्षाका लागि  मोरङ, धनकुटा, उदयपुर, संखुवासभा, तेह्रथुम, सिराहा, पर्सा, सप्तरी, सर्लाही रौतहटलगायत विभिन्न जिल्लामा खटिनका लागि प्रहरीहरू बिदाइ भएका हुन् । निर्वाचन सुरक्षार्थ ३ हजार भन्दा बढी प्रहरीलाई पहिलो चरणमा विभिन्न जिल्लामा खटाइएको हो। […]