टी–२० विश्वकप : वेस्ट इन्डिजले इंग्ल्यान्डलाई दियो १९७ रनको लक्ष्य

मुम्बई – आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत मुम्बईको वानखेडे स्टेडियममा जारी खेलमा वेस्ट इन्डिजले इंग्ल्यान्डलाई १९७ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले बलिङ रोजेको इंग्ल्यान्डविरुद्ध वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९६ रन बनाएको हो । वेस्ट इन्डिजका लागि शेरफन रदरफोर्डले उत्कृष्ट ब्याटिङ गर्दै ४२ बलमा अविजित ७६ रनको इनिङ खेले […]