राष्ट्रिय वाणिज्य बैंकको ६१औँ वार्षिकोत्सवमा रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

राष्ट्रिय वाणिज्य बैंकको ६१औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविर मंगलबार सम्पन्न भएको छ। सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै बैंकले केन्द्रीय कार्यालय काठमाडौँसहित देशका विभिन्न प्रदेशमा रहेका प्रादेशिक कार्यालयहरूमा रक्तदान कार्यक्रम सञ्चालन गरेको हो। बैंकका अनुसार देशभर सञ्चालन गरिएको रक्तदान कार्यक्रममा कुल ४१३ जना रक्तदाताले रक्तदान गरेका छन्। बैंकका कर्मचारी तथा सेवाग्राहीको सक्रिय […]