दोलखा– जिल्लाको मेलुङ गाउँपालिका वडा नम्बर-१ वडा अध्यक्ष तथा सचिव र कार्यालय सहयोगीविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले मेलुङ गाउँपालिका–१ का वडा अध्यक्ष ईश्वर कोइराला,सोही स्थानका तत्कालीन वडा सचिव विनय उप्रेती र कार्यालय सहयोगी दलबहादुर थापाविरुद्ध सोमबार मुद्दा दायर गरेको हो । उनीहरूलाई मृत्यु भइसकेका व्यक्तिको किर्ते सहीछाप गरी सामाजिक सुरक्षा भत्ता […]