अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टन र उनकी पत्नी, पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनले जेफ्री एप्स्टिनसम्बन्धी कंग्रेसको छानबिन समितिमा बयान दिन सहमति जनाएका छन्। बिल क्लिन्टनका पूर्व उप–प्रमुख सचिवले सामाजिक सञ्जालमा “पूर्व राष्ट्रपति र पूर्व विदेशमन्त्री समितिमा उपस्थित हुनुहुनेछ” भनी लेखेका छन्। रिपब्लिकनको नेतृत्वमा रहेको अमेरिकी प्रतिनिधिसभाले दुवै क्लिन्टनलाई कानुनी समनको अवहेलना गरेको आरोपमा ‘आपराधिक अवहेलना’ को […]