प्रधानन्यायाधीश प्रकरणमा विभाजित न्यायाधीशहरु आगामी आइतबारदेखि नियमित इजलासमा बस्ने भएका छन् । बिहीबार सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) ले नियमावली संशोधन र त्यससम्बन्धी निर्देशिका पारित गरेपछि असन्तुष्ट न्यायाधीशहरु इजलास बस्ने माहोल तयार भएको हो । एक न्यायाधीशका अनुसार नियमावली संशोधन गर्नुपर्ने र गोलाप्रथाबाट इजलास तोक्नेसम्बन्धी माग पूरा भएसँगै आफूहरु आइतबारदेखि नियमित इजलासमा फर्किने तयारीमा रहेको बताए । सर्वोच्च अदालत प्रशासनका अनुसार बिहीबारको फुलकोर्टले नियमावली संशोधन ग