कालै गाउँमा सुविधायुक्त प्रसूति गृह र विद्यालय भवन निर्माण

सोरु गाउँपालिका–९ कालैमा सुविधायुक्त प्रसूति गृह र विद्यालय भवन निर्माण गरिएको छ । ब्याटु लाइफ र इबी जर्मनीको आर्थिक तथा  प्राविधिक र कर्णाली सामुदायिक विकास केन्द्रको समन्वय साझेदारीमा गर्भवती महिलाको निम्ति सुविधायुक्त पक्की प्रसुति गृह र तलि कालैमा मष्टा आधारभूत विद्यालय भवन बनेपछि कालैबासी मुहारमा खुसी छाएको छ ।