भारतमा बेरोजगारी दर साढे १४% मा उक्लियो

जेठ ६, नयाँ दिल्ली (भारत) । भारतमा बेरोजगारी दर बढेको छ । मे १६ मा सकिएको हप्तामा बेरोजगारी दर बढेर साढे १४ प्रतिशतमा उक्लिएको सेन्टर फर मोनिटरिङ इन्डियन इकोनोमी (सीएमआईई)ले सार्वजनिक गरेको तथ्यांकले देखाएको हो ।  यो दर विगत एक वर्षयताकै उच्च हो । बेरोजगारी दर अप्रिलमा ८ प्रतिशत रहेको थियो । सन् २०२० को अप्रिल र मेमा देशव्यापी लकडाउनको बेलामा बेरोजगारी दर २३ प्रतिशतसम्म पुगेको थियो ।  गत महीना बेरोजगारी दर बढेको अनि उपभोक्ता मनोबल घटेको एक विज्ञप्तिमा सीएमआईईले बताएको छ । मे पनि सोही गतिमा गइरहेको र बेरोजगारी दर दोहोरो अंकले बढ्न सक्ने बताइएको छ । एजेन्सी