नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने पार्टीका २२ जना सांसदलाई स्पष्टीकरण सोधेको छ ।
वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जनालाई स्पष्टीकरण पत्र पठाइएको एमाले स्रोतले लोकान्तरलाई जानकारी दियो ।
साउन ५ गते मंगलवारको मितिमा अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरमा स्पष्टीकरण सोधिएको हो । स्पष्टीकरण पत्रमा देउवालाई विश्वासको मत दिएको बारे केही उल्लेख गरिएको छैन ।
‘पार्टीप्रतिको निष्ठा र विश्वास नरहने गरी भ्रम फैलाई स्वयं पार्टी प्रतिको निष्ठा र विश्वासबाट च्युत भएको, पार्टीको प्र...