काठमाडौँ- पुराना वामपन्थी नेता कृष्णराज बर्माको ९३ वर्षको उमेरमा आइतबार निधन भएको छ। धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचार गराइरहेका बर्माको निधन भएको पारिवारिक स्रोतले पुष्टि गरेको छ। नेपाल कम्युनिष्ट पार्टी स्थापनाकाल अर्थात् २००६ सालदेखि नै उनी क्रियाशील थिए। उनले कम्युनिष्ट दर्शनका पुस्तक र लेखहरु लेखेका छन्। पछिल्लो समयमा बहुदलीय प्रजातान्त्रिक आन्दोलनताका उनले नेकपा (बर्मा) गठन गरेका थिए।