श्रीमानको मृत्यु भएपछि श्रीमतीलाई अख्तियारद्वारा पाँच करोडको मुद्दा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले श्रीमानको मृत्यु भए पनि श्रीमतीबाट असुलउपरको मागदाबी गर्दै विशेष अदालतमा आरोपत्रपत्र दायर गरेको छ। ‘अपराधीसँगै अपराध मर्छ’ भन्ने फौजदारी न्यायको सर्वमान्य सिद्धान्त एवं फौजदारी कार्यविधि संहिताले प्रस्ट गरे पनि भ्रष्टाचार निवारण ऐनले मरेका व्यक्तिको हकमा सरकारी वा निजी बिगो क्षतिपूर्ति रकम भराउन सकिने व्यवस्था गरेको छ। सोही व्यवस्थाअनुसार यसरी असुल गर्न आरोपपत्र दायर गरिएको हो।बिहीबारको गोरखापत्र दैनिकमा समाचार छ, नदीजन्य प