मधेशको बजेटः दलित बालबालिकाको खातामा प्रतिव्यक्ति २ हजार, विपन्न परिवारलाई विद्युतीय चुल्हो

जनकपुरधाम । मधेश सरकारले दलित बालबालिकाको खातामा २ हजारका दरले शिक्षा बिजक रकम पठाउने भएको छ । अर्थमन्त्री सञ्जयकुमार यादवले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै सो घोषणा गरेका हुन् । डोम, मुसहर, चमार, दुसाध र हलखोर जातिका बालबालिकालाई विद्यालयमा ल्याउन र टिकाउन दर बढाउन शिक्षा अभियानअन्तर्गत खातामा रकम पठाउने उनले बताए । […]