‘भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह हो’ भन्ने हाम्रो नारामात्रै होइन : उपप्रधानमन्त्री लिङ्देन

‘भ्रष्टाचार गरेर खानु आमाको रगत खानुसरह हो’ भन्ने विषय राप्रपाको नारामात्रै नभएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री एवं ऊर्जा तथा सिंचाइमन्त्री राजेन्द्र लिङ्देनले बताएका छन् । पार्टीले आयोजना गरेको एक कार्यक्रममा लिङ्देनले भ्रष्टाचार नियन्त्रणको विषयलाई व्यवहारमै कार्यान्वयन गर्नका लागि राप्रपा सरकारमा गएको दाबीसमेत गरेका छन् ।