काठमाडौं : उपसभामुख इन्दिरा राना मगरले महिलामाथि राजनीतिक दलहरूले उपयोग गरिरहेको बताएकी छन्। आइतबार अन्तराष्ट्रिय महिनावारी स्वच्छता दिवसको अवसरमा राष्ट्रिय महिनावारी स्वच्छता सञ्जालले काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उपसभामुख रानाले राजनीतिक दलले महिलाहरूलाई उपयोग गरेको गुनासो गरेकी हुन्। संविधानले महिलालाई ३३ प्रतिशत सहभागिता उल्लेख गरे पनि निर्णायक तहमा पुरूषहरू नै हाबी हुने गरेको उनको तर्क छ। साथै उनले अधिकार खोज्दै गर्दा आमा हुनुको कर्तव्य नभुल्न पनि महिलाह