नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत लुम्बिनी प्रदेशको नेतृत्वका लागि संस्थापन पक्षले सभापतिमा भरतकुमार शाहलाई उम्मेदवार बनाउने घोषणा गरे पनि अन्य पदाधिकारीको नाम टुङ्ग्याउन सकेको छैन ।प्रदेश नेतृत्वका लागि रामचन्द्र पौडेल पक्षले भने सभापतिसहित पदाधिकारीमा प्यानल नै घोषणा गरेको छ । पौडेल पक्षले अमर पुनलाई सभापति, उपसभापतिमा भुवन श्रेष्ठ (गुल्मी) र अष्टभुजा पाठक (रुपन्देही) छन् । यसैगरी महामन्त्रीहरूमा विक्रम खनाल (नवलपरासी) र सुरेन्द्रराज आचार्य (कपिलवस्तु), ३ जना सहमहामन्त्रीमा खगराज पाण्