राष्ट्रियसभाका नवनिर्वाचित अध्यक्ष नारायणप्रसाद दाहालले सिंहदरबारस्थित कार्यकक्षमा पदभार ग्रहण गर्नुभएको छ । पदभार ग्रहण गर्नुहुँदै अध्यक्ष दाहालले राष्ट्रियसभा नियमावली, २०७५ को नियम ४० मा भएको व्यवस्थाअनुसार राष्ट्रियसभामा मन्त्रीहरूसँग प्रश्नोत्तर गर्न सकिने भएकाले त्यसका लागि राष्ट्रियसभा सदस्यका लागि अभिमुखीकरण सञ्चालन गर्ने निर्णय स्वीकृत गर्नुभएको छ । नेकपा (माओवादी केन्द्र) को तर्फबाट उम्मेदवार बन्नुभएका दाहाललाई सत्ता गठबन्धनको …