काठमाडौंमा अनिश्चितकालीन निषेधाज्ञा, स्वास्थ्य मापदण्डको पालना अनिवार्य [पूर्णपाठ]

कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीवारदेखि लागू हुने गरी अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोबिन्दप्रसाद रिजालले जारी गरेको आदेशमा स्वास्थ्य सुरक्षा मापदण्डलाई अनिवार्य गरिएको छ । बिहीवार जारी आदेशमा अर्काे आदेश नभएसम्म लागू हुने उल्लेख छ । पछिल्लो समय निषेधाज्ञा खुकुलो गरिँदै सबै क्षेत्र खुला गरिएका छन् । पढ्नुहोस् पूर्णपाठ –