टुँडिखेलमा संविधान दिवसका विभिन्न दृश्य (फोटोफिचर)

काठमाडौँ– आइतबार सातौँ संविधान दिवस धुमधामका साथ मनाइएको छ । संविधान दिवस मुल आयोजक समितिले काठमाडौँको टुँडिखेल भव्य समारोह गरी संविधान दिवस मनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, मन्त्रीहरु, प्रधानसेनापतिलगायतको उपस्थितिमा संविधान दिवस मनाइयो । सेनाका विभिन्न टुकुडीहरुले कवाज प्रदर्शन गरे । […]