सिरहा। लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा तीन महिनादेखि स्वास्थ्य बिमाअन्तर्गत निःशुल्क उपलब्ध हुने औषधि अभाव भएको छ । सरकारले स्वास्थ्य बिमा गराई उपचार गर्ने बिरामीलाई रु एक लाखसम्मको उपचार र औषधि निःशुल्क दिने व्यवस्था गरे पनि यहाँ औषधि नपाउँदा सेवाग्राही मारमा परेका हुन् । बिमा गराएका सेवाग्राहीले जाँचपछि चिकित्सकले लेखिदिएको औषधि अस्पतालको औषधिकक्षमा […]