सन् १९७३ मा फिलिपिन्सको राजधानी मनिलामा पहिलो एसियाली एथलेटिक्स प्रतियोगितामा कांस्य पदक जितेपछि जितबहादुर केसीको वाहवाही भयो। मनिलाबाट काठमाडौँ अवतरण गर्ने क्रममा उनलाई स्वागत गर्न तत्कालीन प्रधानमन्त्री नगेन्द्रप्रसाद रिजाल आफैँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए। केसीका लागि ठूल्ठूला पुरस्कार घोषणा भयो। कसैले घर बनाउन जग्गा दिने घोषणा गरे। कसैले नगद पुरस्कार। तर, उनले घोषणा भएको […]