निवर्तमान सांसद प्रमोद साहको योजनामा सार्वजनिक पोखरीको जग्गा कब्जा गर्ने दाउ (दस्तावेजसहित)

काठमाडौं, १४ असोज । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवका विश्वासपात्र मानिएका निवर्तमान सांसद प्रमोद साह पोखरीको जग्गा हडप्न खोजेको काण्डमा मुछिएका छन् । सर्लाहीको मलंगवा नगरपालिका वडा नं ६ खुटौनास्थित सार्वजनिक महारानी पोखरीको १२ कठ्ठा १२ धुरको जग्गा योजनावद्ध तरिकाले हड्प्ने योजनामा साह मुछिएका हुन् । साहले पोखरी रहेको वडाकी सदस्य कवितादेवी पासवानलाई कार्यवाहक […]