बञ्चरेडाँडामा स्थानीयसँगको झडपमा ६ प्रहरी घाइते, १८ गाउँले नियन्त्रणमा

काठमाडौँ- नुवाकोटको बञ्चरेडाँडाका स्थानीय र प्रहरीबीच फोहोर फ्याँक्ने विषयमा विवाद हुँदा प्रहरीले ६ राउन्ड अश्रुग्यास प्रहार गरेको छ भने स्थानीयले ढुंगामुढा गर्दा १० जना सुरक्षाकर्मी घाइते भएका छन्। प्रहरीले अवरोध सिर्जना गर्नेहरुमध्ये १८ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। सोमबार राति शहरी विकास मन्त्रालयमा भएको सम्झौताअनुसार बञ्चरेडाँडामा फोहोर फ्याँक्न दिने सहमति भए पनि स्थानीयले […]

सम्बन्धित सामग्री

लेटाङमा प्रहरीमाथि स्थानीयवासीको आक्रमण, ८ प्रहरी घाइते

लेटाङमा १३ वर्षीय बालिकालाई शिक्षकले बलात्कार प्रयास गरेको भन्दै विद्यालय घेराउ गर्न पुगेका स्थानीयवासीले प्रहरीमाथि आक्रमण गर्दा ८ जना प्रहरी घाइते भएका छन् । मोरङको लेटाङस्थित शिक्षा विकास माविमा अध्ययनरत बालिकालाई शिक्षकले बलात्कार प्रयास गरेको भन्दै पीडित बालिकाका आफन्त र गाउँले आइतबार दिउँसो विद्यालय घेराउ गर्न पुगेका थिए ।सो लगत्तै प्रहरीको टोली पनि घटनास्थल पुगेको थियो । आक्रोशित भिडले घरेलु हतियारले आक्रमण गरी ८ जना प्रहरीलाई घाइते तुल्याएको प्रदेश १ प्रहरी प्रवक्ता नवीनराज राईले बताए ।

प्रहरीमाथि आक्रमण हुँदा तीन जना प्रहरी घाइते

मोरङको बुढीगंगा गाउँपालिकामा बिहीबार राति गाउँलेको आक्रमणबाट तीन जना प्रहरी घाइते भएका छन्। लागुऔषध कारोबारसम्बन्धी सूचना प्राप्त भएपछि पुगेको प्रहरी टोलीमाथि कारोबारी र गाउँले मिलेर प्रहरीमाथि आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।